काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरमा रहेका विद्यालयहरु एक महिनाका लागि बन्द गर्न सिफारिस गरेको छ ।
मन्त्रालयको सिफारिस अनुसार एक महिनाको अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउनुपर्ने छ । दोस्रो चरणको कोरोना संक्रमणका कारण ५ वर्षभन्दा मुनिका बालबालिकालाई स्वास्थ्यमा गम्भीर असर परेको मन्त्रालयको विश्लेषण गरिइएको छ । मंगलबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रममा कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइन मार्फत गराउन खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताए ।
मन्त्री त्रिपाठीका अनुसार यसबारे कोभिड–१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको तर यसबारे निर्णय हुन बाँकी रहेको छ । आगामी जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुन सक्ने पनि मन्त्री त्रिपाठीले बताए ।
उनका अुनसार सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको छ । अहिले नै उचित मापदण्ड पूरा गर्न सकिए पुनः लकडाउन गर्न नपर्ने उनको भनाइ छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्काल विद्यालय बन्द नगर्ने निर्णय गरेको र यसबारे मंगलबार जानकारी गराइने जनाइएको छ । तर, मन्त्रालयले भने पुनः एक महिनाका लागि विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।