काठमाण्डाै, सर्वोच्च अदालतले उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदी सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्यता पुग्ने फैसला सुनाइएको छ ।
न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुवेदीले न्याय सेवाको सह–सचिवस्तरको कर्मचारी र उच्च अदालतको मुख्य न्यायाधीशको हैसियतमा १२ वर्षभन्दा बढी अवधि काम गरेकाले संविधानअनुसार सर्वोच्चको न्यायाधीश बन्न योग्यता पुग्ने फैसला गरेको छ ।
संविधान अनुसार सर्वोच्च अदालतको न्यायाधीश हुन न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा सह–सचिवस्तरको पदमा कम्तीमा १२ वर्ष काम गरेको हुनुपर्ने उल्लेख गरिएको छ ।
गएको शुक्रवार सर्वोच्च अदालत बार एसाेसिएशनले सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस भएका सुवेदीको नियुक्ति र छनोट प्रक्रिया गलत रहेको बताएको थियो ।
उनको न्याय परिषदबाट फागुन २८ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।