बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

विद्यालय सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने विषयमा अझै निर्णय हुन सकेन

विद्यालय सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने विषयमा अझै निर्णय हुन सकेन

मेगा खबर संवाददाता

३०, चैत्र २०७७
  • 1.8K
    SHARES

  • विद्यालय सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने विषयमा अझै निर्णय हुन सकेन

    काठमाण्डाै, कोरोना सङ्क्रमणको जोखिममा विद्यालय सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने विषयमा शिक्षा मन्त्रालय र सरोकारवालाहरु बीच भएको छलफल निष्कर्ष विहीन भएको छ ।

    आज बिहान शिक्षा मन्त्रालयमा छलफल भए पनि कुनै ठोस निष्कर्ष ननिस्किएको अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले मेगा खबरलाई जानकारि दिए ।

    उनका अनुसार छलफलमा विद्यालयलाई सुरक्षित तरिकाले चलाउने विषयमा छलफल भएको छ । छलफलमा शिक्षा मन्त्रालय सहित अभिभावक महासङ्घ, प्याब्सन, एनप्याब्सन लगायत सहभागी थिए । बैठकमा अभिभावकहरुले जोखिमयुक्त क्षेत्रका विद्यालय बन्द गर्नु पर्ने माग गरेका छन् ।

    सङ्क्रमण बढ्दै गएका ठाउँमा १ देखि ५ सम्मका कक्षा बन्द गर्न सुझाव दिएका छौ’- भण्डारीले भने ‘जोखिम बढेका क्षेत्रमा अनलाइन मार्फत कक्षा सञ्चालन गर्न भनेका छौँ, तर यस विषयमा आज कुनै ठोस निर्णय हुन भने सकेन । निजी विद्यालय  सञ्चालकले भने अहिले नै विद्यालय बन्द गर्नु नपर्ने धारणा राखेका छन् ।

    स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय खोल्नु पर्ने उनीहरुको जोड छ । स्वास्थ्य मन्त्रालयले बालबालिकामा कोरोनाको जोखिम बढेको भन्दै विद्यालय बन्द गर्न सिफारिस गरेको छ । तर, निजी विद्यालयले भने यसको विरोध गर्दै आएका हुन् ।

    नेपालमा पछिल्लो समयमा बालबालिकामा कोरोनाको सङ्क्रमणको जोखिम बढ्दै गएको छ । गएको दुई हप्तामा १८ वर्षमुनिका दुई सयभन्दा धेरै जना सङ्क्रमित भएका छन् । बालबालिकालाई पाँच दिनसम्म लगातार १०४ डिग्री ज्वरो आए र झाडावान्ता भए तत्काल कोरोनाको परीक्षण गराउन डाक्टरले सुझाव दिइएका छन् । 

    सोमवार, चैत्र ३० २०७७११:०५:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार