काठमाण्डाै, कोरोना भाइरसको महामारी बढ्दै गएपछि भारतको उत्तर प्रदेशका सबै स्कुल अप्रिल ३० तारिखसम्मका लागि बन्द गरिएको छ ।
कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकाले जोखिम कम गर्न विद्यालय बन्द गरिएको उत्तर प्रदेश सरकारलाई उदृत गर्दै बीबीसीले जनाइएको छ ।
भौतिक दूरी कायम राखेर परीक्षा भने सञ्चालन हुनेछन् । पाँच सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका क्षेत्रमा रात्रिकालिन कर्फ्यु लाग्ने भएको छ । लखनउ, कानपुर, गोरखपुर, इलाहाबाद, गाजियाबाद लगायतका सहरमा यसअघि नै रात्रिकालिन कर्फ्यु लागू भएको छ ।
सार्वजनिक कार्यक्रममा ५० जनाभन्दा धेरै भेला हुन पनि रोक लगाइएको छ । हिजो उत्तर प्रदेशमा १५ हजार चार सय जनामा कोरोना पुष्टि भएसँगै कुल सङ्क्रमितको सङ्ख्या ६ लाख ९२ हजार पुगेको छ ।
भारतमा दैनिक डेढ लाखभन्दा धेरै सङ्क्रमित देखिन थालेपछि विभिन्न प्रदेशमा लकडाउन र कर्फ्यु लगाउने क्रम बढि रहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।