काठमाडाै, मेमोरी किङ भनेर चिनाउने गिरीले सदरमुकामका विभिन्न विद्यालयका विद्यार्थीलाई प्रलोभनमा पारेर रकम उठाइ कक्षा सञ्चालन गरिएको छ ।
उनले विद्यार्थीहरुलाई स्मरण शक्ति बढाउने भन्दै गैरकानुनी रुपमा प्रति विद्यार्थी रु दुई सयका दरले पैसा उठाएका थिए । गिरीले विद्यार्थीहरुलाई काल्पनिक कुरा सिकाउँदै पैसा लिएर विद्यालय बाहिर छुट्टै भेला गराएर कक्षा सञ्चालन गर्ने गरेको विद्यार्थीले बताएका हुन् ।
परीक्षणका रुपमा केही दिनअघि विद्यालय पुगेर छुट्टै कक्षा लिएका गिरीले आफूले जस्तोसुकै शब्द तथा वाक्य समेत एकैपटकमा बनाइदिने दावी गर्दै प्रलोभनमा पारेका थिए ।
विद्यालयको कक्षा कोठा नै रित्तो पारेर विद्यार्थीहरु स्मरण शक्ति बढाउन छुट्टै कक्षामा बस्न थालेपछि विद्यालय सुनसान बनेको छ । तर विद्यालय प्रशासनले भने विद्यार्थीहरु आफूखुशी गएको सगरमाथा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लीराम कार्कीले दाबी गरेका छन् ।
जिल्ला सदरमुकामको सगरमाथा जनता माध्यमिक विद्यालय र ओखलढुंगा क्याम्पसका बिद्यार्थी हरुबाट पैसा उठाएर कक्षा सञ्चालन गरेको पाइएपछि स्थानिय प्रशासनले उक्त पैसा विद्यालयको प्रधानाध्यापक मार्फत फिर्ता गराएको छ । पैसा उठाएर पढाउँदै हिँडेका गिरीले आफुमा गट गिफ्टेट क्षमता रहेको र सोही क्षमता आफ्नो पेशा भएको प्रशासनसँग दाबी गरे ।
उनलाई कानुनी प्रकृया पुरा गरेर कक्षा लिन पाउने र लिएको पैसा फिर्ता दिने सहमतिमा समेत छाडिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।