काठमाडौँ, स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरेको छ ।
पछिल्लो समय विद्यार्थीमा पनि कोरोना भाइरस संक्रमण देखिन थालेपछि स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग आग्रह गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्ने प्रस्ताव शिक्षा मन्त्रालयमा पठाइसकेको छ । पछिल्लो समयअन्य देशसँगै नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।
स्वास्थ्य मन्त्री ह्रदयेश त्रिपाठीले विद्यालय बन्द गरेर भर्चुअल ९ अनलाइनको रूपमा कक्षा सञ्चालन गर्नुपर्ने बताए । पढाईलाई कुनै बाधा नहुने गरी आवात जावत मात्रै बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने उनले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।