बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

जुन दिन जागिर प्राप्त हुन्छ फुत्तै छोडेर हिँडिदिने, त्यो स्कुलको बच्चाको भविष्यकाे बारेमा चिन्ता नलिइदिनेः मन्त्री श्रेष्ठ

जुन दिन जागिर प्राप्त हुन्छ फुत्तै छोडेर हिँडिदिने, त्यो स्कुलको बच्चाको भविष्यकाे बारेमा चिन्ता नलिइदिनेः मन्त्री श्रेष्ठ

मेगा खबर संवाददाता

१८, चैत्र २०७७
  • 2.2K
    SHARES

  • जुन दिन जागिर प्राप्त हुन्छ फुत्तै छोडेर हिँडिदिने, त्यो स्कुलको बच्चाको भविष्यकाे बारेमा चिन्ता नलिइदिनेः  मन्त्री श्रेष्ठ

    काठमाण्डाै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षक पेसाप्रति मानिसहरूको अरुचिका कारण नेपालको शिक्षामा सुधार हुन नसकेको बताएका छन् ।

    काठमाण्डाैमा आयोजित सिकाइ आदान–प्रदान तथा आउँदा कार्यदशासम्बन्धी राष्ट्रिय परामर्शशालालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले शिक्षक पेसाप्रतिको अरुचिका कारण सरकारी विद्यालयहरूको पढाइ कमजोर भएको बताए ।

    उनले कुनै पनि व्यक्तिले आफ्नो पढाइ सकिएपछि अन्त कतै रोजगारी नपाए मात्रै शिक्षक पेसा रोज्ने प्रवृत्तिका कारण गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिएको बताए । मन्त्री श्रेष्ठले शिक्षक पेसामा आउनेहरू पनि अन्यत्र जागिर पाउने बित्तिकै जाने प्रवृत्तिले बालबालिकाको भविष्य माथि चिन्ता लिने शिक्षक पाउनै नसकिएको बताए ।

    उनले भने ‘हामीहरू राम्रो पढेर पास भएपछि राम्रो जागिर खोज्ने, कहीँ कतै जागिर नपाइसकेपछि (क्षमा गरिदिनुहोला) अनि शिक्षण पेसामा आउने । शिक्षण पेसामा आएर पनि एउटा खुट्टा स्कुलमा र अर्को खुट्टाले जागिरको खोजिमा, जुन दिन जागिर प्राप्त हुन्छ फुत्तै छोडेर हिँडिदिने, त्यो स्कुलको बच्चाको भविष्यकाे बारेमा चिन्ता नलिइदिने, त्यो स्कुलको बच्चाहरू देशका भविष्यका कर्णाधार जसको भविष्यसँग देशकाे भविष्य गासिँएको छ, त्यसबारेमा हामी कति गम्भीर बन्छौँ र चिन्तित बन्छाैँ ।

     देशका नागरिकको आकर्षण सरकारी विद्यालयमा हुने तर नेपालमा सरकारी विद्यालयमा आर्थिक रूपमा विपन्न, निम्न आयस्रोत भएका, असहाय, अनाथ, आर्थिक रूपमा विपन्न, दलित वर्गले मात्रै पढ्न आउने गरेको बताए । 

    बुधवार, चैत्र १८ २०७७०८:४४:२३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार