बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लोकसेवा आयोगले दिएको ७३ वटा सुझाव अलपत्र

लोकसेवा आयोगले दिएको ७३ वटा सुझाव अलपत्र

मेगा खबर संवाददाता

११, चैत्र २०७७
  • 2.2K
    SHARES

  • लोकसेवा आयोगले दिएको ७३ वटा सुझाव अलपत्र

    लोकसेवा आयोगले विगत ६ वर्षमा सार्वजनिक सेवा र प्रशासन सुधारका लागि सरकारलाई ७३ वटा सुझाव दिए पनि अधिकांश सुझाव अलपत्र रहँदै आएका छन् ।

    लोकसेवाले सार्वजनिक प्रशासनको सुधार र रूपान्तरणका लागि सरकारलाई महत्वपूर्ण सुझाव दिए पनि त्यसको कार्यान्वयन गर्न नसक्दा मुलुकको सार्वजनिक सेवा र प्रशासन प्रभावकारी हुन नसकेको हो ।

    लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीलगायत पाँच सदस्य आफ्नो ६ वर्षे सेवाअवधि सम्पन्न गरी मंगलबारदेखि सेवानिवृत्त भएका छन् । अध्यक्ष मैनालीलगायतका पदाधिकारीले मंगलबार पत्रकार सम्मेलन गर्दै आफूहरूको कार्यकालमा गरेका उपलब्धिबारे जानकारी गराए । सोही क्रममा अध्यक्ष मैनालीले ६ वर्षमा भोग्नुपरेका समस्या र भावी नेतृत्वले भोग्नुपर्ने चुनौतीबारे समेत प्रकाश पारे ।

    साथै उनले विगत ६ वर्षमा सार्वजनिक सेवा सुधारका लागि सरकारलाई ७३ वटा सुझाव दिइएको जानकारी दिए । उनले आयोगले दिएका सुझावलाई सरकारले कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । आयोगको तथ्यांकलाई विश्लेषण गर्दा आयोगद्वारा सरकारलाई दिइएको सुझावमध्ये अधिकांश सुझाव अलपत्र अवस्थामा रहेको पाइएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

    बुधवार, चैत्र ११ २०७७०७:२३:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार