बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कोभिड १९ को प्रभावलाई मध्यनजर गर्दै लाइफ भिजन सहकारीद्धारा ब्याज छुट

कोभिड १९ को प्रभावलाई मध्यनजर गर्दै लाइफ भिजन सहकारीद्धारा ब्याज छुट

  • 3.7K
    SHARES

  • कोभिड १९ को प्रभावलाई मध्यनजर गर्दै लाइफ भिजन सहकारीद्धारा ब्याज छुट

    काठमाण्डौं । बुढानिलकण्ठ न. पा. १२ स्थित लाइफ भिजन वचत तथा ऋण सहकारी संस्था लि. ले ऋण लिएका सदस्यहरुलाई ब्याजमा छुट दिने भएको छ ।

    कोरोना भाइरस (कोभिड–१९ं) को संक्रमण महामारीको रुपमा फैलिरहेको अवस्थामा तत्काल राहत उपलब्ध गराउन ऋण लिएका सदस्यलाई यस्तो सुविधा दिने भएको हो ।

    संस्थाले ऋण कारोबार गरिरहेका सदस्यहरुले २०७७ आषाढ मसान्त सम्ममा सम्पुर्ण ब्याज रकम बुझाएमा ३ महिनाको ब्याज रकममा ५ प्रतिशत ब्याज छुट र ऋण रकममा कुनै हर्जना नलाग्ने निर्णय गरेको संस्थाका सचिब कृष्ण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।
    संस्थाले कोरोनाको महामारीबाट बित्तिय क्षेत्रमा परेको असरलाई मध्यनजर गरी सदस्यलाई व्यवहारिक रुपमा ब्याज तिर्न सहज होस् भन्ने उद्धेश्यले यो निर्णय गरेको जनाएको छ ।

    यस संस्थाले बिगत १० बर्ष देखि काठमाण्डौं जिल्लाको बिषेश गरी कपन र यस आसपासका क्षेत्रहरुमा बसोबास गर्ने सदस्यहरुलाई सेवा दिदै आएको छ ।

    आइतवार, आषाढ ७ २०७७०८:२१:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार