बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

स्थायी शिक्षकका विज्ञापन गर्ने यस्तो बन्यो नयाँ ब्यबस्था, प्रदेश र जिल्लालाई के-के छ त? अधिकार ?

स्थायी शिक्षकका विज्ञापन गर्ने यस्तो बन्यो नयाँ ब्यबस्था, प्रदेश र जिल्लालाई के-के छ त? अधिकार ?

  • 2.0K
    SHARES

  • स्थायी शिक्षकका विज्ञापन गर्ने यस्तो बन्यो नयाँ ब्यबस्था, प्रदेश र जिल्लालाई के-के छ त? अधिकार ?

    काठमाडौ, गत वर्षको असोजमा संशोधन भएको शिक्षक सेवा आयोग (दशौँ संशोधन) नियमावलीले नयाँ संरचना अनुसार विज्ञापन गर्नुपर्ने व्यवस्था गरेसँगै शिक्षक सेवा आयोगले पनि त्यसै अनुसार विज्ञापन गर्ने भएको हो ।

    अब आयोगले  नयाँ संरचनामा शिक्षकको विज्ञापन गर्ने भएको टुंगो लागेको हो । नियमावलीमा व्यवस्था गरिए अनुसार आयोगले माध्यामिक र निम्न माध्यामिक तहको विज्ञापन प्रदेशस्तरमा र प्राथमिक तहको विज्ञापन जिल्लास्तरमा गर्नेछ ।

    यसअघि भने, माध्यामिक र निम्न माध्यामिक तहको विज्ञापन विकास क्षेत्र अनुसार र प्राथमिक तहको विज्ञापन जिल्ला अनुसार गरिदै आएको थियो । अब नियमावली संशोधन भएसँगै निम्न माध्यमिक र माध्यमिक तहको हकमा आयोगले अब रिक्त शिक्षकको पदपूर्ति प्रदेशस्तरमा गर्नेछ ।

    साथै नियमावलीले आयोगले रिक्त शिक्षक पदपूर्ति गर्न आवश्यक विवरण खुलाई राष्ट्रियस्तरको पत्रपत्रिकाको माध्यमबाट विज्ञापन गराउनु पर्ने उल्लेख गरेको छ । नियमावलीमा आयोगले शिक्षक नियुक्तिलाई व्यवस्थित गर्न विभिन्न चरणमा विज्ञापन गर्न सक्नेछ भन्ने व्यवस्था पनि उल्लेख गरिदिएको छ ।

    नियमावलीमा भनिएको छ, ‘आयोगले रिक्त शिक्षक पदपूर्ति गर्न आवश्यक विवरण खुलाई राष्ट्रियस्तरको पत्रपत्रिकाको माध्यमबाट विज्ञापन गराउनु पर्नेछ । यसरी विज्ञापन गर्दा प्राथमिक तहको हकमा जिल्लागत निम्नमाध्यामिक तहको हकमा प्रदेशस्तरमा विज्ञापन गर्नु पर्नेछ । अब यो  ब्यबस्था अनुसार विज्ञापन हुनेछ ।

    मंगलवार, माघ २० २०७७०१:५७:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार