बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

विज्ञानका विद्यार्थीहुले गणित अध्ययन गर्न पाउने

विज्ञानका विद्यार्थीहुले गणित अध्ययन गर्न पाउने

  • 2.4K
    SHARES

  • विज्ञानका विद्यार्थीहुले गणित अध्ययन गर्न पाउने

    काठमाडाै, पाठ्यक्रम तथा मूल्यांकन परिषद्ले विज्ञानका विद्यार्थीले गणित अध्ययन गर्न पाउने बाटो खोलिदिएको छ ।

    बिहीबार बसेको परिषद् बैठकले कक्षा ११ र १२ को पाठ्यक्रम प्रारुप परिमार्जन गरी गणितको समस्या समाधान गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । 

    परिषद्का अध्यक्ष, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा बसेको बैठकले अब कक्षा ११ देखि नै विद्यार्थीले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा वा गणित दुवैमध्ये एउटा पढ्न पाउने बैठकले सहमति गरेको केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले बताए । 

    यसअघि तयार पारिएको नयाँ पाठ्यक्रमले कक्षा ११ बाटै गणित विषय अध्ययनको प्रावधान हटाएर सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा अध्ययनको व्यवस्था गरेको थियो ।  


    ‘परिषद्ले सहमति गरेर ड्राफ्ट तयारी गरिसकेको छ,’ कार्यकारी निर्देशक दाहालले नागरिकसँग भने, ‘अब गणितको समस्या समाधान हुन्छ । कक्षा ११ देखि नै विद्यार्थीले गणित विषय पढ्न पाउने गरी परिषद्ले निर्णय गरिसकेको छ ।’ अब विज्ञान समूह मात्र नभएर सबै विषय अध्ययन गर्ने विद्यार्थीले कक्षा ११ देखि नै गणित अध्ययन गर्न पाउनेछन् ।

    यो समाचार आजको नागरिक दैनिकमा छ । 

    शनिवार, माघ १७ २०७७०८:०७:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार