बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाण्डाै उपत्यका बाहिर पनि सुन वितरण गर्न नेपाल बैंकर्स सङ्घ सहमत

काठमाण्डाै उपत्यका बाहिर पनि सुन वितरण गर्न नेपाल बैंकर्स सङ्घ सहमत

  • 2.0K
    SHARES

  • काठमाण्डाै उपत्यका बाहिर पनि सुन वितरण गर्न नेपाल बैंकर्स सङ्घ सहमत

    काठमाण्डौ,  उपत्यमा बाहिरबाट पनि सुन वितरण गर्न नेपाल बैंकर्स सङ्घले सहमत गरेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र बैंकर्स सङ्घका पदाधिकारीबीच बिहीबार भएको छलफलपछि काठमाण्डौ बाहिरबाट पनि सुन वितरण गर्न सङ्घ सहमत भएको छ ।
     नेपाल सुनचाँदी व्यवसायी महासङ्घमा छलफल अनुसार नवनिर्वाचित अध्यक्ष माणिकरत्न शाक्यले उपत्यका बाहिरबाट सुन वितरण नगरिँदा व्यवसायीहरूले दुःख खेप्नु परेको गुनासो गरे,  बैंकर्स सङ्घका अध्यक्ष भुवन दाहाललगायत सङ्घका पदाधिकारीले व्यवसायीको मागप्रति आफूहरू सकारात्मक रहेको र त्यसलाई कार्यान्वयनमा ल्याउन सङ्घ तयार रहेको उनले बताए ।

    नेपाल राष्ट्र बैंकले यसअघि नै उपत्यका बाहिरबाट पनि सुन वितरणको व्यवस्था मिलाउने विषयलाई मौद्रिक नीतिमा समावेश गरिसकेको छ । अहिले काठमाण्डौ उपत्यका बाहिरका व्यवसायी सुन खरिदका लागि काठमाण्डाैमा आउनुपर्ने बाध्यता रहेको छ ।

    छलफलको क्रममा व्यवसायीलाई सुन उपलब्ध गराउँदा बैंकबाट हुने ढिलासुस्ती र अन्य प्राविधिक समस्यालाई सल्टाएर सहजरूपमा विधिसम्मत तरिकाले आ–आफ्नो जिम्मेवारी पूरा गर्न आफूहरू तयार रहेको सङ्घका पदाधिकारीहरूले जानकारि दिए । राष्ट्र बैंकले तोकेको व्यवस्था अनुसार बैंकर्स सङ्घको सिफारिसमा बैंकहरूले विदेशबाट कच्चा सुनको आयात गरि महासङ्घको सिफारिसमा व्यवसायीहरूलाई सुन उपलब्ध गराउँदै आएको छ । 

    मोफसलका जिल्लाहरूबाट सुन वितरण गर्दा ढुवानी खर्च मात्रै काठमाण्डाैकाे भन्दा बढी लिने, मोफसलका जिल्लाहरूमा पनि सुनको स्टक राख्ने, बैंकपिच्छे फरक–फरक हुँदै आएको दरभाउमा एकरूपता ल्याउने, सुन खरिद गर्न बैंकहरूले सहज वातावरण बनाउने र सुनको कोटा वृद्धि गरि पर्याप्त मात्रामा आपूर्ति व्यवस्था मिलाउन दुवै पक्षले पहल गर्ने लगायतका विषयमा छलफल भइरहेको थियो । 

    बिहिवार, माघ १५ २०७७०८:४२:११

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार