बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

महिला लघुवित्तले आइपीओ निष्कासनका लागि बोर्डको अनुमति पायो

महिला लघुवित्तले आइपीओ निष्कासनका लागि बोर्डको अनुमति पायो

  • 1.6K
    SHARES

  • महिला लघुवित्तले आइपीओ निष्कासनका लागि बोर्डको अनुमति पायो

    काठमाडौं, महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ  ।

    कम्पनीले ४ लाख कित्ता आइपीओ निष्कासन गर्नका माघ ८ गते बोर्डको अनुमति पाएको छ । यो आईपीओ विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू। ६ करोड रहेको छ ।

    आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू १० करोड पुग्नेछ । हाल कम्पनीमा संस्थापक तर्फको ६० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ ।

    सर्वसाधारणमा जारी पूँजीको ४० प्रतिशत शेयर कम्पनीले विक्री गर्न अनुमति पाएको हो । कम्पनीले गत मंसिर ३ गते आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो ।

    बिहिवार, माघ १५ २०७७१२:५२:१७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार