बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै

राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै

  • 2.7K
    SHARES

  • राष्ट्र बैंकले आज १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै

    काठमाडौं, नेपाल राष्ट्र बैंकले आज विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले आज दिउँसो २ बजे बोलकबोल मार्फत विकास ऋणपत्र २०८४ ङ बिक्री गर्ने भएको हो ।  

    बैंकका अनुसार राष्ट्र बैंकले आन्तरीक ऋण उठाउन उक्त ऋणपत्र निकाष्शन गर्न लागेको हो । राष्ट्र बैंकले ७ बर्षको लागि उक्त विकास ऋणपत्र जारी गर्न लागेको हो ।  

    यसमा बैंक तथा वित्तिय संस्था, गैर बैंक वित्तिय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले उक्त ऋणपत्र खरिद गर्न सक्ने छन् । यसको व्याजदर भने बोलकबोल मार्फत गरिने बताइएको छ ।

    उक्त ऋणपत्र बैंकमा धितो राखेर कर्जा जिक्ने सकिनेछ । उक्त ऋणपत्र खरिद गर्न चाहानेले  अनलाइन मार्फत पनि बोलपत्र पेश गर्न सक्नेछन् । 

    बुधबार बोलकबोल भएर माघ १४ गतेदेखि ऋणपत्र निष्काशन हुनेछ । व्याज अर्धबार्षिक रुपमा नै भुक्तानी गरिने छ भने साँवा भने २०८४ माघ १४ गते गरिने छ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्ने छन् । गैरप्रतिस्पर्धीलाई १५ प्रतिशत र प्रतिस्पर्धीलाई ८५ प्रतिशत हिस्सा छुट्टाइएको बैंक्ले जनाएको छ । 

    Untitled-4.jpg

    मंगलवार, माघ १३ २०७७११:२७:३१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार