काठमाण्डाै, खाद्यान्नमा मनलाग्दी मूल्य र मिसावटगरी उपभोक्ता ठग्ने काम बढेको छ । सरकारले गरेको बजार अनुगमनका क्रममा सबैभन्दा धेरै खाद्यान्न पसल र खाद्यवस्तु उत्पादन गर्ने कम्पनी कारबाहीमा परेका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पुस महिनामा १ सय ६ खाद्यान्न पसल अनुगमन गर्दा २७ फर्म कारबाहीमा परेका छन् । ६२ फर्मलाई निर्देशन तथा १६ फर्मलाई स्पष्टीकरण लिइएएको छ ।
मनलाग्दी मूल्य र म्याद नाघेका वस्तु बेच्ने फर्मलाई गरिएको कारबाही र जरिवानाबाट ४४ लाख पाँच हजार रुपैयाँ राजश्व सङ्कलन भएको विभागका सूचना अधिकारी शिवराज सेढाईँले जानकारी दिनुभयो । ५४ हजार रुपैयाँ बराबरको म्याद सकिएका खाद्यान्न नष्ट गरिएको हो ।
उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिद बिक्री बिल नराख्ने फर्मलाई पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गरिएको पनि विभागले जनाएको छ ।
गएको पुसमा महिनामा खाद्यान्नसहित विभिन्न २८ विषयगत क्षेत्रका ३ सय ५१ फर्मको अनुगमन गरिएको थियो ।
ती मध्ये खाद्यान्न सहित १ सय ९ फर्म कारबाहीमा परेका छन् । १ सय ६८ फर्मलाई तत्काल सुधार गर्न निर्देशन दिइएको छ । ६६ फर्मलाई स्पष्टीकरण सोधिएको छ ।
काठमाण्डौ उपत्यका सहित देशका विभिन्न ठाउँमा अण्डा तथा दाना, अस्पताल, उद्योग, कपडा तथा कस्मेटिक पसल, किराना तथा खाद्यान्न, डिपार्टमेन्ट स्टोर, निर्माण सामग्री, मदिरा पसल, मार्ट र मासु पसल तथा फार्मेसीको अनुगमन गरिएको थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।