काठमाडौं, नेपाली बजारमा आइतवार (आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
शुक्रवार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको कारोबारको पहिलो दिन
आइतवार सामान्य गिरावट भएर तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
यसैगरी तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच आइतवार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रवार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी आइतवार पनि सोही मूल्यमा कारोबार भएको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।