काठमाडाै, देशभरका तरकारी तथा फलफुल बजारमा क्यूआर कोडमार्फत् भुक्तानी गर्न मिल्ने अभियानलाई राष्ट्र बैंकले तिब्रता दिएको छ ।
काठमाडौं, नक्साल र कालिमाटीमा रहेको तरकारी तथा फलफुल बजारहरुमा क्यूआर कोडको प्रयोग गरि भुक्तानी गर्न सकिने अभियान शुरु गरेको राष्ट्र बैंकले शुक्रबार ललितपुरको नखु तरकारी तथा फलफुल बजारमा पनि उक्त प्रणालीको शुभारम्भ गरेको छ ।
राष्ट्र बैंक, ग्लोबल आईएमई बैंक र नखु तरकारी तथा फलफुल बजारको समन्वयमा सञ्चालनमा ल्याइएको सेवाको गभर्नर महाप्रसाद अधिकारीले शुभारम्भ गरेका छन् ।
क्यूआर कोडको शुभारम्भ गर्दै अधिकारीले एक किलो च्याउसमेत खरिद् गरे, राष्ट्र बैंकको नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने नीति अनुरूप क्यूआर कोडबाट हुने भुक्तानीलाई देशव्यापी अभियानको रूपमा अगाडि बढाएको छ ।
अर्थतन्त्रलाई प्रविधिमैत्री बनाउन पहिलो चरणमा बैंकले देशभरका तरकारी तथा फलफुल बजारमा क्विक रिस्पोन्स अर्थात क्यूआर कोडमार्पम्त हुने भुक्तानी कारोबारलाई देशव्यापी अभियानको रूपमा विस्तार गर्दै लगेको छ ।
अर्थतन्त्रलाई प्रविधिमैत्री तुल्याउने सन्दर्भमा क्यूआर कोडको प्रवद्र्धनले ठूलो योगदान पु¥याउने पनि राष्ट्र बैंकको विश्वास छ । पछिल्लो समय हरेक महिना तीस प्रतिशत भन्दा बढीले यस्तो कारोबार वृद्धि भइरहेको पाइन्छ ।
डिजिटल भुक्तानी प्रणालीलाई सहजिकरण गर्न सहयोग गर्ने भन्दै बैंक तथा वित्तिय संस्थाहरुले पनि तरकारी बजारका विक्रेताहरुलाई निःशुल्क रुपमा क्यूआर कोड वितरण गर्दै आएका हुन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।