काठमाडौं सेयर बजार परिसूचक (नेप्से) आज पनि बढेको छ । ११ दिनदेखिको वृद्धिलाई निरन्तरता दिँदै साताको अन्तिम दिन बिहीबार वृद्धि भएको हो ।
यो दिन नेप्से परिसूचक २८।८९ अंकले बढेर २ हजार ३ सय ७१ दशमलव ६६ विन्दुमा पुगेको छ । बजारमा आज १ करोड ७२ लाख कित्ता कारोबार हुँदा कुल कारोबार रकम ७ अर्ब ३९ करोड पुगेको छ ।
यो दिनभर १ सय ७६ कम्पनीको कारोबार भएका छन् । कुल कारोबार भएका कम्पनीमध्ये कारोबार हुँदा १ सय ३६ कम्पनीको मूल्य बढेको छ ।
२८ कम्पनीको मूल्य घट्दा १२ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
१२ वटा उपसूचकमध्ये बिहीबार बैंकिङ र म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि भएको छ । निर्जीवन बीमा क्षेत्रको वृद्धि सबैभन्दा बढी ४।९४ प्रतिशतले बढेको छ ।
यो दिन सबैको लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स लगायत २३ कम्पनीको शेयरमूल्य भने ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
नारायणी डेभलपमेन्ट बैंकले भने आज सबैभन्दा बढी ६।८४ प्रतिशत मूल्य गुमाएको छ ।
समग्र बजार बढ्दा कुल बजार पुँजीकरण बढेर ३२ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।