काठमाडौं, चन्द्रागिरि हिल्सको आईपीओ भोलि ९शुक्रबार० बाँडफाँड हुने भएको छ ।
कम्पनीको सेयर निष्काशक तथा बिक्री प्रवन्धक ग्लोबल आइएमइले सर्वसाधारणका लागि जारी गरिएको क्यापिटलले हिल्सको आईपीओ शुक्रबार बाँडफाँड हुने जनाएको छ ।
कम्पनीको आईपीओमा कुल १२ लाख ५६ हजार ७४६ जनाले आवेदन परेको थियो । त्यस मध्ये ४५ हजार ६ सय ३१ वटा आवेदन रद्द भएकोले कुल १२ लाख ११ हजार ११५ वटा मात्रै योग्य आबेदन परेका छन् ।
कम्पनीले पुस २४ गतेदेखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले कुल १३ लाख ९६ हजार २२ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।
माग भन्दा बढी ओवेदन परेकोले धितोपत्र बाँडफाँड निर्देशिका अनुसार वितरण गर्दा योग्य आवेदकहरु मध्येबाट १ लाख ३९ हजार ६ सय जनाले मात्रै १० कित्ताका दरले सेयर पाउने छन् ।
बाँकी १० लाख ७१ हजार ५ सय १५ जनाको हात रित्तो हुने देखिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।