काठमाण्डौ, आज पनि सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ६ सयले बढेर तोलाको ९३ हजार १ सय रुपैयाँ पुगेको छ ।
हिजो सुनको मूल्य तोलामा ९२ हजार ५ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।
अन्तर्राष्ट्रिय बजारमा आज २० डलरले बढेर सुन प्रतिऔंश १८ सय ७२ डलर पुगेको छ । यस्तै, आज चाँदी पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।