बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

काठमाण्डौ उपत्यकाका धेरैजसो विद्यालय आजदेखि खुल्दै

काठमाण्डौ उपत्यकाका धेरैजसो विद्यालय आजदेखि खुल्दै

  • 3.0K
    SHARES

  • काठमाण्डौ उपत्यकाका धेरैजसो विद्यालय आजदेखि खुल्दै

    काठमाण्डाै, उपत्यकाका धेरैजसो विद्यालयमा आजदेखि भौतिक रुपमै उपस्थित भएर पढाइ शुरु हुने भएको छ ।

    कोरोनाको जोखिम कम भएको भन्दै पालिकाहरुले विद्यालय खोल्न अनुमति दिएसँगै विद्यालयहरुले विद्यार्थीलाई भौतिक रुपमै उपस्थित गराएर पढाइ सुरु गर्न लागेका हुन् ।

    ललितपुर जिल्लाका धेरै पालिकाले आजदेखि विद्यालय सञ्चालन गर्ने भएका छन् । ललितपुर महानगरपालिका सहित ललितपुरका पालिकाहरुले विद्यालय खोल्न अनुमती दिइसकेका छन् ।

    भक्तपुरको सूर्यविनायक नगरपालिकामा पनि आजदेखि सबै विद्यालय खुल्ने नगरका शिक्षा शाखा प्रमुख मनोजकुमार ढकालले जानकारी दिए । काठमाण्डौ जिल्लामा धेरैजसो पालिकाहरुले विद्यालय खोल्न अनुमति दिएका छन् भने काठमाण्डौ महानगरपालिकाले विद्यालय खोल्नेबारेमा आज छलफल गर्दैछ । काठमाण्डौमा पनि यहि हप्तादेखि विद्यालय खोल्ने गरी तयारी भएको महानगरपालिकाले जनाएको छ ।

    सरकारले चालु शैक्षिक सत्रलाई खेर जान नदिने तयारी गरेसँगै विद्यालयहरुमा यही हप्तादेखि पढाइ सुरु गर्न लागिएको छ । सरकारले विद्यालय खुलाउने जिम्मा पालिकालाई दिएको छ ।

    विद्यालय खोल्ने अन्तिम तयारी गरिएको भए पनि जनस्वास्थ्य विद्हरुले भने जोखिम नघटेको भन्दै सावधानी अपनाउन सुझाव दिएका छन् ।

    जनस्वास्थ्यविद् डाक्टर रवीन्द्र पाण्डेले सङ्क्रमण पूर्ण रूपमा हट्न नसकेकोले शिक्षक बिद्यार्थीले स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरेर मात्रै कक्षा सञ्चालन गर्नुपर्ने बताए । 

    आइतवार, माघ ४ २०७७०८:५७:५४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार