काठमाडाै, मुलुकमा पहिलोपटक सहकारी संस्थाहरुबीच कारोबार शुरु भएको छ ।
सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा भएको व्यवस्था अनुसार हवको अपरेटिभ सर्भिसले बैंकहरुमा जस्तै अन्तरसहकारी कारोबार शुरु गरेको छ ।
सहकारीले सापटीको रुपमा एक सहकारीबाट अर्को सहकारीमा कारोबार भने गर्दै आएका थिए । अहिले विद्युतीय माध्यमबाट प्रविधिको प्रयोग गरी एक सहकारीको चेक अर्कोमा साट्ने व्यवस्था सहित अन्तर सहकारी कारोबार थालिएको हो ।
सहकारी विभागबाट विनियम स्वीकृत गरेर देशभर कार्यक्षेत्र रहेको दब कोअपरेटिभले मुलुकै पहिलोपटक विद्युतीय भुक्तानी सहितको नयाँ सेवा दिन लागेको छ ।
अधिकांश सहकारी संस्थाहरु म्यानुअल पद्धतिमा सञ्चालन भइरहेको अवस्थामा डिजिटल प्रविधि प्रयोग गरेर अन्तरसहकारी कारोबार सुरु गरेको हब कोओपरेटिभ सर्भिसका अध्यक्ष दक्ष पौडेलले बताए ।
आजको नागरिक दैनिकमा समाचार छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।