बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

विदेशीले नेपालमा खर्च २ अर्ब ३० करोड गरे , नेपालीहरुले विदेशमा खर्चिए साढे ११ अर्ब

विदेशीले नेपालमा खर्च २ अर्ब ३० करोड गरे , नेपालीहरुले विदेशमा खर्चिए साढे ११ अर्ब

  • 2.8K
    SHARES

  • विदेशीले नेपालमा खर्च २ अर्ब ३० करोड गरे , नेपालीहरुले विदेशमा खर्चिए साढे ११ अर्ब

    काठमाण्डाै, चालु आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात् साउनदेखि मङ्सिर सम्म विदेशीले नेपालमा जम्मा दुई अर्ब ३० करोड रुपैयाँ खर्च गरिइएका छन् ।

    राष्ट्र बैंकको तथ्याङ्कअनुसार विदेशीले नेपालमा दुई अर्ब ३० करोड रुपैयाँ खर्च गरेका छन्, यो रकम गएकाे वर्षको यसै अवधिको तुलनामा ३३ अर्ब रुपैयाँ भन्दा धेरैले कम रहेको हो ।

    यसअघि पाँच महिनामा विदेशीले नेपालमा खर्च गरेबापत ३५ अर्ब ५६ करोड रुपैयाँ आय भएको थियो । 

    पाँच महिनामा नेपालीले विदेशमा गर्ने खर्च भने ११ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो । यो गएकाे वर्षको तुलनामा ६३ दशमलव ५ प्रतिशतले कमी हो,यस मध्ये शिक्षा तर्फकाे खर्च नाै अर्ब ७१ करोड रहेको छ ।

    अघिल्लो वर्ष भ्रमण व्यय ३१ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा शिक्षा तर्फको व्यय १४ अर्ब ७० करोड रुपैयाँ रहेको थियो ।  

    बुधवार, पौष २९ २०७७०७:३२:५२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार