बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

लाइफ भिजन सहकारीले गर्यो सेयर सदस्यको कोरोना बिमा

लाइफ भिजन सहकारीले गर्यो सेयर सदस्यको कोरोना बिमा

  • 5.6K
    SHARES

  • लाइफ भिजन सहकारीले गर्यो सेयर सदस्यको कोरोना बिमा

    नेपालमा कोरोना भाईरसको संक्रमण बढेसगैँ विभिन्न क्षेत्रका संघ संस्थाहरुले कोरोना बिमा गर्न थालेका छन् । यसैबिच काठमाडौँ बुढानिलकण्ठ नगरपालिका १२ कपन स्थित लाइफ भिजन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्य र कर्मचारीहरुको एक लाख बराबरको कोरोना बिमा गरेको छ ।

    संस्थाले आफ्ना सदस्य र कर्मचारीहरुको स्वास्थ्यलाई ध्यानमा राखि रु.५० हजार भन्दा बढि सेयर लगानी गर्ने १६९ जना सेयर सदस्य र १० जना कार्यरत कर्मचारीहरुको १ लाख बराबरको कोरोना सामुहिक बिमा गरेको संस्थाका सचिव कृष्ण प्रसाद अधिकारीले मेगा खबरलाई जानकारी दिनुभयो ।

    २०७७ जेष्ठ १६ गतेबाट लागु हुने गरी आई एम इ जनरल इन्सुरेन्सबाट गरिएको यस कोरोना बिमाको विमालेख अवधि १५ दिन पछिबाट शुरु भई एक वर्षसम्म लागु हुनेछ । यस अवधिमा कुनै व्यक्तिमा कोरोना परीक्षणको नतिजा (PCR) पोजेटिभ आएमा १ लाख नगद भुक्तानी गर्ने जनाएको छ ।

    यस बिमा योजनामा समाबेश भएका सेयर सदस्य र कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण भएको अवस्थामा यस योजनाले केहि हदसम्म आर्थिक टेवा पुर्याउने अपेक्षका साथ यो कार्यक्रम ल्याइएको संस्थाले जनाएको छ ।

     

    शनिवार, जेठ १७ २०७७०५:४५:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार