लाइफ भिजन बचत तथा ऋण सहकारी संस्था लि को एघारौँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । पौष २२ गतेबाट सुरु भएको साधारणसभा आज काठमाडौँको धुम्बाराही स्थित स्मार्ट क्याफेमा सम्पन्न भएको हो ।

कोभिड १९ को कारण स्वास्थ्य सुरक्षा मापडण्ड अपनाउदै सस्थाले पौष २२ गते देखि २४ गते सम्म सदस्यहरुको कार्यालयमा उपस्थिति जनाउने, वार्षिक प्रतिवेदन वितरण गर्ने र सुझाव संकलन गर्ने व्यवस्था मिलाइएको सस्थाका सचिव कृष्ण प्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले साधारणसभामा भिडभाड कम गर्न सदस्यहरुको प्रतिनिधिमूलक उपस्थिति र सञ्चालक समिति, लेखा समिति, सल्लाकार समिति लगाएत अन्य उप–समितिहरु र कर्मचारीको उपस्थिति रहेको जानकारी दिनुभयो ।
सनिबार सम्पन्न एघारौ बार्षिक साधारण सभाले आगामी ४ वर्ष कार्यकालका लागि सात सदस्यीय संचालक समिति र तिन सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत निर्विरोध निर्वाचित गरेको छ ।

नव निर्वाचित संचालक समितिमा अध्यक्ष छविरमण आचार्य, उपाध्यक्ष रञ्जन कुमार थापा, सचिव कृष्ण प्रसाद अधिकारी, कोषाध्यक्षमा भोलानाथ पौडेल निर्वाचित हुनु भएको छ भने सदस्यहरुमा देवकी आचार्य, टिका प्रसाद नेपाल र हरि प्रसाद आचार्य निर्बिरोध निर्वाचित हुनु भएको छ । त्यस्तै लेखा सुपरिवेक्षण समितिमा संयोजक गोपाल अधिकारी, सदस्यहरुमा बासुदेव अधिकारी र खेम प्रसाद पराजुली निर्वाचित हुनु भएको छ ।
सोहि कार्यक्रममा सल्लाकार समितिमा शिव नारायण पौडेल, गोपाल प्रसाद दङ्गाल, कुल प्रसाद अधिकारी, शंकर प्रसाद आचार्यलाई चयन गरिएको छ । त्यसैगरी ऋण उप–समितिमा संयोजक राज कुमार आचार्य सदस्यहरु यज्ञ प्रसाद नेपाल र प्रदिप पौडेल चयन हुनु भएको छ । शिक्षा उप–समितिमा हरी प्रसाद आचार्य संयोजक र सदस्यहरुमा निलकण्ठ आचार्य र राम प्रसाद लामिछाने चयन हुनु भएको छ ।
अध्यक्ष छबिरमण आचार्यको सभापतित्वमा सम्पन्न साधारणसभामा अध्यक्षबाट सस्थाको आर्थिक वर्ष ०७६/०७७ को वार्षिक प्रतिवेदन तथा आ.व ०७७/०७८ को लागी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियोे ।
सञ्चालक समितिको तर्फबाट पेश गरिएको प्रस्तुत प्रतिवेदन अनुसार सस्थाको कुल शेयर पूजिँ रु.४,४७,७९,७०० रहेको छ भने निक्षेप संकलन रु.२३,४७,१८,३१२ रहेको छ । त्यसैगरी रु.२९,१९,६७,४३० कर्जा लगानी गरेको छ । सस्थाले आ.व. ०७६/०७७ मा कारोबारबाट रु.७३,७८,५२४ खुद नाफा आर्जन गरेको छ । आ.व ०७६/०७७ सम्म संस्थाको कूल सम्पति ३८,७१,४८,७४७.६२ रहेको र विभिन्न कोषहरुमा रु.२,१०,५८,४८९.२९ रहेको प्रतिवेदनमा उल्लेख छ ।
यसैबिच संस्थाको लेखा समितिकोतर्फबाट गोपाल अधिकारीले लेखा समितीको प्रतिवेदन पेश गर्नु भएको थियो भने कोषाध्यक्ष भोलानाथ पौडेलले ०७६/०७७ को आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त साधारणसभामा संस्थाका उपाध्यक्ष रञ्जन कुमार थापाले शुभकामना मन्तब्य राख्नु भएको थियो ।