बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नवोदय वहुउद्देश्यीय सहकारीको १३ औं वार्षीक सधारण सभा सम्पन्न

नवोदय वहुउद्देश्यीय सहकारीको १३ औं वार्षीक सधारण सभा सम्पन्न

  • 6.5K
    SHARES

  • नवोदय वहुउद्देश्यीय सहकारीको १३ औं वार्षीक सधारण सभा सम्पन्न

    काठमाडौं । काठमाडौं महानगरपालिकास्थित कपन, भृकुटीचोकमा रहेको नवोदय बहुउद्धेश्यीय सहकारी संस्था लि को १३ औं वार्षीक साधारणसभा सनिबार सम्पन्न भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै संस्थाका अध्यक्ष राजन आचार्यको सभापतित्वमा सभा सम्पन्न भएको हो ।

    संस्थाले आर्थिक वर्ष ०७६/०७७ मा करिब १ करोड ३६ लाख आम्दानी गरेको जनाइएको छ । साधारण सभामा प्रस्तुत भएको विवरण अनुसार करिब १ करोड २९ लाख खर्च भएको छ । भने करिब १ लाख २५ हजार आयकर भुक्तानी गरेको जनाएको छ । 

    संस्थाका प्रबन्धक शंकर आचार्यका अनुसार साधारण सभामा उल्लेख्य मात्रामा संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो । बुढानिलकण्ठ नगरपालिका  १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई ,स्थानीय समाजसेवी लगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो । 

    135609480_1148105849017612_8665129094581067459_n.jpg

    साधारणसभामा संचालक समितिका तर्फबाट अध्यक्ष राजन आचार्यले  वार्षिक प्रतिवेदन, कोषाध्यक्ष विष्णु प्रसाद भट्टराईबाट आर्थिक प्रतिवेदन , लेखा समितिका संयोजक गणेश प्रसाद भट्टराईबाट लेखा समितिको प्रतिवेदनको साथै संस्थाको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पेश गरिएको थियो ।

    संस्थाले आर्थिक वर्ष २०७६/७७ मा करिब १ करोड ३६ लाख आम्दानी गरी करिब १ करोड २९ लाख खर्च भई करिब १ लाख २५ हजार  आयकर भुक्तानी गरेको छ ।

    No description available.

    आर्थिक वर्ष २०७६/७७ मा संस्थाको कर्जा लगानी करिब ७ करोड ६९ लाख र बचततर्फ करिब ८ करोड तथा शेयर पुँजी करिब १ करोड रहेको प्रस्तुत प्रतिवेदनले पुष्टि गरेको छ ।

    अधिकांश स्थानिय सदस्यहरुको सहभागीता रहेको तथा समुदायमा आधारित यस सहकारी संस्थाले आगामी दिनमा सदस्य केन्द्रित विविध नयाँ कार्यहरु शुरु गर्ने कार्य योजना समेत बनाएको संस्थाका अध्यक्ष राजन आचार्यले साधारण सभामा जानकारी दिएका छन् ।

    शनिवार, पौष २५ २०७७०८:४६:१०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार