सिन्धुपाल्चोक । चौताराको नेपाल बैंक लिमिटेडमा आज शुक्रबार देखिएको मानिसहरुको भिडभाड देख्दा अचम्म लाग्दो छ, कोरोनाको संक्रमितको संख्या दिनानुदिन बढिरहेको अवस्थामा मानिसहरुको यो उपस्थितिले लकडाउनको उपहास गरे जस्तो लाग्छ । नेपालकै जेठो बैक नेपाल बैक लिमिटेडको यो ब्यवस्थापन हेर्दा यो कुराको सहजै अनुमान गर्न सकिन्छ ।
अहिले देश लकडाउनमा छ यस अवस्थामा सरकारले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र अत्यावश्यक काममा निस्कदा सामाजिक दुरी कायम गरी अनिवार्य माक्सको प्रयोग गर्नुपर्ने बताउदै आएको छ, तर सरकारले भने जस्तो पालना गर्न न सेवाग्रहीले ध्यान दिएका छन् नत बैक ब्यवस्थापनले नै, सेवाग्राहीहरु ठेलमठेल गरी सेवा लिई रहेका छन् भने बैक पनि त्यसै गरी सेवा दिईरहेको छ यसमा कसैले पनि ध्यान दिएको दैखिदैन ।

हप्ताको दुई दिन मात्र बैंक खुल्ने भएकोले मानिसको भिडभाड भएको बैंकका कर्मचारी बताउछन् । जे भएता पनि बिना माक्स र सामाजिक दुरी समेत कायम नगरी सेवा दिदा सेवाग्राही र बैकका कर्मचारी दुबै तर्फ संक्रमणको जोखिम हुने हँदा बैक ब्यवस्थापनले बिषेश ध्यान दिनु आवश्यक देखिन्छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।