बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

चन्द्रागिरी हिल्सको आईपीओ बिक्री खुला, न्यूनतम १० कित्तादेखि आवेदन दिन पाइने

चन्द्रागिरी हिल्सको आईपीओ बिक्री खुला, न्यूनतम १० कित्तादेखि आवेदन दिन पाइने

  • 2.0K
    SHARES

  • चन्द्रागिरी हिल्सको आईपीओ बिक्री खुला, न्यूनतम १० कित्तादेखि आवेदन दिन पाइने

    काठमाडौं, चन्द्रागिरी हिल्सले पुस २४ गते शुक्रवारदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्नेछ ।

    पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गरी दोस्रो चरणमा अन्य सर्वसाधारणका लागि कम्पनीले आईपीओ विक्री गर्न लागेको छ ।  

    कम्पनीले  कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ सर्वसाधारणका लागि विक्री गर्न लागेको हो । कुल कित्तामध्य ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि, ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएर बाँकी १३ लाख ९६ हजार २२ कित्ता शेयर सार्वजनिक निष्कासन हुनेछ ।  

    यस आइपीओमा आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १३ हजार ९६० कित्तासम्मका लागि आवेदन गर्न सक्नेछन् । आइपीओ छिटोमा पुस २८ र ढिलोमा माघ ९ गतेसम्म विक्रीमा रहनेछ । कम्पनीले निष्कासन गर्ने आइपीओलाई इक्रा नेपालले मध्यम स्तरको जोखिमको संकेत गर्ने ईक्रा एनपी आर डबल बी रेटिङ प्रदान गरेको छ ।

    आइपीओ निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि- आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयर र मेरो शेयर एप मार्फत आवेदन गर्न सक्नेछन् । सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ पुग्नेछ । 

    शुक्रवार, पौष २४ २०७७११:४४:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार