बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिन्धुपाल्चोक जिल्लामा फौजी किराको कारण मकैबालीमा क्षती

सिन्धुपाल्चोक जिल्लामा फौजी किराको कारण मकैबालीमा क्षती

  • 2.9K
    SHARES

  • सिन्धुपाल्चोक जिल्लामा फौजी किराको कारण मकैबालीमा क्षती
     सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकाको जलविरे र आसपासको ठाउँहरुमा खेत र बारीमा लगाएको मकै खेतीमा फौजी किराको आक्रमण भएपछि कृषकहरु चिन्तित भएका छन् । यस जिल्लामा धेरै जसो ठाउँहरुमा फौजी किराको कारण हजारौं रोपनीमा लगाएको मकैबालीमा क्षति पुगेको छ ।
     
    (कोभिड १९) कोरोनाको कारण देशमा लकडाउन भई दैनिक मानवीय जीवन समेत कष्टकर बनिरहेको समयमा समेत दुख संघर्ष गरी लगाएको अन्नबाली फौजी कीराले नष्ट गर्न थालेपछी किसानहरुमा निराशा छाएको छ । यस्तो किसिमको मकैको विरुवा नै क्षती हुने गरेर किराले ध्वस्त पारेको पहिलो पटक देखेको स्थानिय कृषक भीमसेन खड्काले बताए । यसले मकैको धान जमरा आउन (गुवो) भाग र पातमा समेत आक्रमण गरेर ध्वस्त पारेको मकैको बोट देखाउदै उनले भने ।
     
    अहिले यो किसिमको कीराको आक्रमणले सिन्धुपाल्चोक जिल्लाको धेरैजसो स्थानहरुमा क्षति पुर्याइरहेको छ । यदि समयमा नै गाउँपालिका कृषि शाखा, कृषि प्राविधिक तथा सरोकारवाला निकायहरुले ध्यान नदिने हो भने धैरै अन्नबालीमा क्षति पुग्ने हँदा कृषकहरुको बर्ष भरीको दुख, पसिनाको औचित्य नहुने देखिन्छ । यो रोग र किराको आक्रमणको रोकथामका लागि कृषक आफैले मकै बाली र खेतीमा किटनाशक औषधिको प्रयोग गर्नुपर्ने अवस्था आएमा उत्पादन लागत धेरै बढ्ने हुँदा किसानहरु चिन्तित बनेका छन् ।
     
    No description available.
     
    कोरोना र लकडाउनबाट प्रभावित भएका कृषकहरुले लगाएको मकै खेतीबाट राम्रो उत्पादन नभएमा बर्ष भरी हातमुख जोड्न समेत गाह्रो हुने अवस्था आउन सक्ने बताउछन् स्थानिय कृषक रुद्र बहादुर खड्का, “मकैबालीमा लागेको यस्तो किसिमको रोगको न्यूनिकरण गर्न सकिएन भने कृषि क्रान्ति भाषणमा मात्र सिमित हुन्छ” उनी भन्छन् । विशेष गरी यस भेगमा मकैको प्रयोग पशुपन्छी पालन तथा खानाको रुपमा प्रयोग हुदै आएको छ । यो रोगलाई निर्मुल पार्न सम्बन्धित निकायले बिषेश ध्यान पर्ने देखिन्छ ।

     

    बिहिवार, जेठ १५ २०७७१२:५५:३२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार