काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले बढेको छ ।
बुधबार पनि नेप्से दोहोरो अंकले बढेको थियो ।
आज नेप्से १५.९१ अंकले बढेर दुई हजार एक सय ९४ दशमलब ४८ विन्दुमा पुगेको छ भने आज ५ अर्ब ८७ करोड ४७ लाख ८ हजार २७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ११ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी एउटा उपसमुहको शेयर घटेको छ ।
त्यसैगरी, आज कारोबार रकमको आधारमा प्रभु बैंक लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ ।
कम्पनीले ३१ करोड ७० लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।