काठमाण्डौ ,सुनको भाउ आज एकैदिन ताेलामा १ हजार ३ सय रुपैयाँले घटेको छ ।
सुनको भाउ आज तोलामा ९५ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा ९६ हजार ७ सय रुपैयाँ तोकिएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा नेपालमा पनि घटबढ हुने गरेको छ । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।