काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) सामान्य अंकले घटेको छ । आइतबार २१७५ विन्दु पार गरेर नयाँ रेकर्ड कायम गरेको नेप्से आज घटेको हो ।
आज नेप्से ६.३६ अंकले घटेर दुई हजार एक सय ६९ दशमलब ४ विन्दुमा थामिएको छ भने ५ अर्ब ९६ करोड १७ लाख ३३ हजार १२२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ७ वटा समूह घटेका छन् भने अन्य ५ वटा समूह बढेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।