काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको पहिलो दिन आज (आइतबार) नयाँ रेकर्ड कायम भएको छ ।
आज नेप्से २१७५ विन्दु पार गरेसँगै नयाँ रेकर्ड कायम भएको हो । यस अघि नेप्सेले १६ पुस २०७७ मा २ हजार ८७ दशमलब २७ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो ।
आज नेप्से ८८.१२ अंकले बढेर दुई हजार एक सय ७५ दशमलब १२ विन्दुमा पुगेको छ भने ६ अर्ब ३४ करोड ४० लाख १७ हजार ८८९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूहमा हरियाली छाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।