बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

  • 2.3K
    SHARES

  • नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

    फाईल तस्बिर
    काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा कारोबार हुने अधिकांश कम्पनीहरुको सेयर मूल्य वृद्धि भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधारिदा केहि कम्पनीहरु भने घटेका पनि छन् ।

    नेप्से परिसूचक २५ दशमलव २१ अंकले बढेर २ हजार ८७ दशमलव २७ अंकमा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.४० अंकले उकालो लागेको छ । नेप्से परिसूच्कसँगै कारोबार रकममा पनि सुधार भएको छ ।

    यस अघि बुधबारको कारोबारमा सेयर कारोबार रकम ४ अर्ब रुपैयाँमा सिमित भएको थियो । बिहीबार भने साढे ५ अर्ब भन्दा माथिको कारोबार भएको छ । दिनभर भएका ५० हजार ३ सय ८६ कारोबारबाट २ सय ७ कम्पनीका १ करोड १४ लाख ६४ हजार २ कित्ता सेयर किनबेच भएका छन् ।

    जसअनुसार कारोबार रकम ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार ८ सय ३७ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ । 

    बिहिवार, पौष १६ २०७७०३:४७:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार