फाईल तस्बिर
काठमाडौं । सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ । बिहीबार सुन तोलाको ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार तोलामा १ सय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार भने तोलामा १ सय रुपैयाँ नै घटेको हो ।
शुक्रबारको मूल्यमा स्थिर रहँदै आइतबार सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसमा सोमबार तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार तोलामा ८ सय रुपैयाँ नै घटेको थियो ।
बिहीबार चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको १३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी ५ रुपैयाँ बढेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।