काठमाण्डाै , शेयर बजार परिसूचक नेप्से झण्डै ५० अंकले बढेको छ, होटल र विकास बैंकबाहेक अरु सबैजसो समूहको शेयर उकालो लागेपछि नेप्से ४९ दशमलव १७ अंकले बढेर २ हजार ६२ दशमलव शून्य ६ विन्दुमा रहेको छ ।
उत्पादन समूहको शेयर ३ सय ४८ अंकले, जीवन बीमाको १ सय ५३ अंकले, व्यापारको १ सय ८२, बैंकको ३०, माइक्रो फाइनान्सको ८५ र अन्य समूहको शेयर ७३ अंकले बढेको छ । आज २ सय ८ कम्पनीका ९९ लाख १० हजार कित्ता शेयर ४ अर्ब ४४ करोड ६२ लाख रुपैयाँमा किनबेच भएका छन् ।
सबैभन्दा धेरै शिवम् सिमेन्टको ३४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
साल्ट ट्रेडिङ कम्पनी, नागरिक लगानी कोष, हिमालय डिस्टिलरी, एभरेष्ट बैंक र मल्टिपर्पोज फाइनान्सका शेयरधनीले ९ प्रतिशत भन्दा धेरैका दरले कमाएका र बजार बढेपनि नारायणी विकास बैंकका लगानी कर्ताले १० प्रतिशत गुमाएका हुन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।