बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेप्से साढे ८ अङ्कले बढ्यो

नेप्से साढे ८ अङ्कले बढ्यो

  • 2.0K
    SHARES

  • नेप्से साढे ८ अङ्कले बढ्यो

    फाईल तस्बिर  
    काठमाण्डौ । आइतबार ४० अङ्कले घटेको शेयर बजार सोमबार भने सामान्य बढेको छ ।

    नेप्से सोमबार ८ दशमलव ५७ अङ्कले बढेर २ हजार ७ दशमलव २९ विन्दुमा पुगेको छ । कारोबार सुरु भएको केहीबेरमा घटेर १९ सय ८५ विन्दुसम्म झरेको नेप्से बन्द हुने बेलामा भने उकालो लागेको हो । उत्पादन समूहको शेयर ९५ अङ्कले बढेको छ भने निर्जीवन बीमा समूहको शेयर ७५ अङ्कले उकालो लागेको छ । यस्तै जीवन बीमाको २९, बैंकिङ समूहको नौ, होटलको तीन र माइक्रोफाइनान्स समूहको शेयर ६ अङ्कले बढेको छ ।

    सोमबार २ सय १४ कम्पनीका ७४ लाख ९७ हजार कित्ता शेयर ३ अर्ब ८५ करोड रुपैयाँमा किनबेच भए । सबैभन्दा धेरै एनआईसी एसिया बैंक, नागरिक लगानी कोष र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर ३० करोड  रुपैयाँभन्दा धेरैका दरले कारोबार भएको छ । नारायणी विकास बैंक र सेन्ट्रल फाइनान्सका शेयरधनीले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

    समग्र बजार बढे पनि समिट लघुवित्त र समृद्धि फाइनान्सका लगानीकर्ताले तीन प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् । 

    सोमवार, पौष १३ २०७७०३:४४:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार