बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सेयर कारोबार करिव साढे ४ अर्बको

सेयर कारोबार करिव साढे ४ अर्बको

  • 2.6K
    SHARES

  • सेयर कारोबार करिव साढे ४ अर्बको

    काठमाडौं, साताको पहिलो कारोबारको दिन आज नेप्से सूचक २ प्रतिशत घटेको छ ।

    आइतबार नेप्से २००० विन्दुले घटेर तल झरेकोे हो । कारोबारको पहिलो दिन आज रकममा पनि केहि गिरावट आएको छ । ४ अर्ब ४० करोड रुपैयाँका ७८ लाख २४ हजार कित्ता शेयरमा आइतबार खरिद बिक्री भएको छ । अघिल्लो दिन विहीबार ५ अर्ब भन्दा बढीको शेयर कारोबार भएको हो ।

    आज कारोबारमा आएका १४२ वटा कम्पनीको शेयरमूल्य घटेको जनाएको छ । २० वटा कम्पनीको शेयरमूल्य भने बढेको छ । त्यसरी नै १३ वटा कम्पनीको शेयरमूल्य भने तटस्थ रहेको छ ।

    सेयर मुल्य ओरालो लाग्ने क्रम जारी हुँदा विशाल बजार कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ५।५४ प्रतिशतले घटेको छ भने सोल्टि होटलको ५।३७ प्रतिशत, नेपाल लाइफ इन्स्योरेन्सको ४।९६ प्रतिशत, नेपाल हाइड्रोको ४।६४ प्रतिशत र ओरियन्टल होटलको ४।५० प्रतिशतले घटेको छ ।

    आज सेयर मुल्य बढ्नेहरुमा नारायणि डेभलपमेन्ट बैंक ९।८१ प्रतिशतले बढेको छ, त्यस्तै आशा लघुवित्तको ५।०६ प्रतिशत, सबैको लघुवित्तको ४।८९ प्रतिशत, समिट लघुवित्तको २।२५ प्रतिशत र सुर्योदय लघुवित्तको २।१० प्रतिशतले बढेको जनाएको छ ।

    नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै ६७ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको जनाएको छ । यसरी नै नविल बैंकको ४० करोड ३९ लाख, एनआइसी एशिया बैंकको २६ करोड ६७ लाख, नेपाल पुनर्बीमा कम्पनीको २५ करोड ३७ लाख रुपैयाँ र नागरिक लगानी कोषको १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

    आइतवार, पौष १२ २०७७०५:५०:५१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार