बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मुख्यमन्त्री पौडेलद्वारा नारायणी कलामन्दिरको निरीक्षण

मुख्यमन्त्री पौडेलद्वारा नारायणी कलामन्दिरको निरीक्षण

  • 3.7K
    SHARES

  • मुख्यमन्त्री पौडेलद्वारा नारायणी कलामन्दिरको निरीक्षण

    हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नारायणगढस्थित नारायणी कलामन्दिरको आज स्थलगत निरीक्षण गरेका छन् । 

    उनले प्रदेश सरकारबाट विनियोजन भएको बजेटबाट भएको कामको निरीक्षण गरेका हुन् । प्रदेश सरकारले कलामन्दिरको हलमा निर्माण गरिने संरचनाका लागि रु १० लाख बजेट विनियोजन गरेको छ । 

    सो अवसरमा मुख्यमन्त्री पौडेलले गुणस्तरीय काम गर्न निर्माण समितिलाई निर्देशन दिए । कलामन्दिरका लागि बजेट अभाव नहुने भन्दै उनले विनियोजित रकमको सही सदुपयोग गर्न आग्रह गरे ।

    कलामन्दिरको हलमा राखिने सीट खरिदका लागि भरतपुर महानगरपालिकाले रु २० लाख बजेट विनियोजन गरेको कलामन्दिरका अध्यक्ष उद्धव जोशीले जानकारी दिए । 

    “सीट र कार्पेटको काम महानगरबाट हुँदैछ”, उनले भने, “विद्युत्को काम वडा कार्यालयले गर्दैछ ।” उपत्यका पछिको पहिलो सभाहलका रुपमा रहेको नारायणी कलामन्दिरमा चितवनका अधिकांश कार्यक्रम हुने गरेका छन् । नारायणी कला मन्दिर २०१९ सालमा स्थापना भएको हो । 

    शनिवार, पौष ४ २०७७०८:१८:५९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार