काठमाण्डाै, सुनको भाउ फेरि घट्न थालेको पाइन्छ । आज एकैदिन तोलामा ९ सय रुपैयाँले भाउ घटेर ९२ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छन् ।
हिजो सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर ९३ हजार ४ सय रुपैयाँ कायम भएको थियो । अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको भाउ घटबढ भइरहेको महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।