बाजुरा जिल्लाको बडिमालिका नगरपालिका ७ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा विद्यार्थीले शिक्षकलाई काेठाभित्रै थुनेर ताला लगाएका छन् । विद्यालयमा नियमित पढाइ नभएको, समयमै पुस्तक उपलब्ध नगराएकोले विद्यार्थीले आइतबार बिहान तालाबन्दी गरेको विद्यार्थी उपेन्द्र पण्डितले बताए ।
विद्यार्थीहरूले आफ्ना माग राख्दै कसैलाई जानकारी नगराईकन एकाएक तालाबन्दी गरेको प्रधानाध्यापक लालचन्द्र जैशीले भनेका छन् ।
जैशीका अनुसार आठ शिक्षक र दुई शिक्षिका गरी १० जना शिक्षक विद्यालय भवन भित्रै छन् । जानकारीविना विद्यालय भवनभित्रै भएको वेला लागेको तालाले आफूहरूको मानहानि महसुस उनले बताए ।
तालाबन्दीबारे जानकारी पाएपछि बडिमालिका नगरपालिकाको टोली विद्यालयतर्फ गएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।