बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

५० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक

५० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक

मेगा खबर संवाददाता

१७, मंसिर २०७७
  • 2.7K
    SHARES

  • ५० अर्ब तरलता उठाउँदै राष्ट्र बैंक

    काठमाडौं , बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बुधबार ५० अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ ।

    बैंक तथा वित्तीय संस्था यतिबेला एक खर्ब ८६ अर्ब रुपैयाँ हाराहारीमा अधिक तरलता रहेको छ । अधिक तरलता भएपछि राष्ट्र बैंकले २८ दिनका लागि बैंकहरुबाट ५० अर्ब तरलता उठाउन लागेको छ ।

     केन्द्रीय बैंकले बुधबार उक्त परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट सङ्कलन गर्न लागेको जनाएको छ । बैंकले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार ब्याजदरसमेत बोलकबोलको माध्यमबाट नै निर्धारण गरिनेछ ।

    पाँच करोडले भाग गर्दा निशेष भाग जाने गरी कूल आहृवान रकमसम्म बोलकबोलमा भाग लिन सकिनेछ ।

    केन्द्रीय बैंकले उक्त बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिने गरी धितोसम्बन्धी व्यवस्था गरिएको छ ।

    बैंकको सूचनामा बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने उल्लेख छ । निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजत प्राप्त गरेका क, ख र ग वर्गमा बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

    निक्षेप सङ्कलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ भने समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्कासित रकम भन्दा बढी भएका प्रोरेट बेसिसमा बाँडफाँट गरिनेछ ।

    निक्षेप सङ्कलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याजदरसहित सङ्कलन निक्षेप रकम सम्बन्धित बैंकले केन्द्रीय बैंकको खातमा जम्मा गर्नुपर्नेछ हुन्छ ।

    केन्द्रीय बैंकले २८ दिनका लागि निक्षेप सङ्कलनको उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको हो । बैंकले सावा तथा ब्याज भुक्तानी आगामी पुस १५ गते गर्ने छ ।

    बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम अभाव भएमा पठाउने र तरलता धेरै भएमा केन्द्रीय बैंकले उठाउने गरेको छन् ।

    बुधवार, मंसिर १७ २०७७०८:३२:०५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार