बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सुनको भाउ सात सय रुपैयाँले घट्यो

सुनको भाउ सात सय रुपैयाँले घट्यो

मेगा खबर संवाददाता

१५, मंसिर २०७७
  • 3.2K
    SHARES

  • सुनको भाउ सात सय रुपैयाँले घट्यो

    सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा ९० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छन् ।

    महांसघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ घटेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस आज १७ सय ७२ डलर रहेको छ ।

    सुनको भाउ अझै घटेर १७ सय ५० डलरमा झर्न सक्ने अनुमान गरिएको शाक्यले बताएका छन् ।

    विश्वमा कोरोना विरुद्धको खोप बन्ने सम्भावना बढेपछि सुनको भाउ घट्न थालेको छ । विवाहको लगन सुरु भएसँगै सुनको भाउ घट्न थालेकाले कारोबार पनि बढेको हो । कोरोना महामारीसँगै भाउ बढ्दा सुनको कारोबार झण्डै शून्यमा झरेको थियो । तर अहिले कारोबार बढेर दैनिक माग १५ देखि २० किलो पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।

     अहिलेको माग गत मंसिरको भन्दा कम रहेको छ । गए वर्ष यही बेला दैनिक कारोबार ३० देखि ३५ किलोको हाराहारीमा भएको थियो । भने, चाँदीको भाउ पनि आज तोलामा ३० रुपैयाँले घटेर ११ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमवार, मंसिर १५ २०७७१२:०१:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार