बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपाल बैंकद्वारा ब्याजमा छुट दिने

नेपाल बैंकद्वारा ब्याजमा छुट दिने

  • 2.8K
    SHARES

  • नेपाल बैंकद्वारा ब्याजमा छुट दिने

    नेपाल बैंक लिमिटेडले २०७६ चैत मसान्तसम्म लगानी भएका कर्जाहरुको प्रिमियममा २ प्रतिशत छुट दिने भएको छ ।

    वैशाख १ गतेदेखि लागू हुने गरी हाइपोथिकेशन, अधिविकर्ष, चालू पुँजी, मार्जिन, डिमाण्ड, सुनचाँदी, हायर पर्चेज, व्यक्तिगत आदिको हकमा चैत मसान्तको आधारदर ७ दशमलव ८२ मा लगाइएको प्रिमियममा २ प्रतिशत विन्दुले छुट दिने व्यवस्था मिलाइएको बैंकले जानकारी गराएको हो ।

    त्रैमासिक ब्याज, किस्ता तथा अन्य दैदस्तुर तिर्ने ऋणीको हकमा २०७६ पौष मसान्त तथा मासिक किस्ता, ब्याज तथा अन्य दैदस्तुर तिर्नेहरुको हकमा २०७६ फागुन मसान्तको त्यस्ता रकम तिर्न बाँकी भएका ग्राहकहरुले चौथो त्रैमासिकभित्र कर्जा नियमित गरेमा समेत वैशाखदेखि असारसम्मको अवधिको ब्याजमा २ प्रतिशत विन्दुले छुट पाउनेछन् ।

    २०७७ वैशाखमा किस्ता तिरिसकेका ग्राहकहरुले पनि यस्तो छुट सुविधा पाउने र सोको हिसाबमिलान बैंकद्वारा गरिनेछ । यस प्रकारको छुट सुविधा प्रदान गर्दा कतिपय ग्राहकहरुले बैंकको आधारदरबराबरकै अर्थात् ७ दशमलव ८२ प्रतिशतकै न्यूनतम ब्याजदर सुविधा प्राप्त गर्न सक्नेछन् ।

    विश्व महामारी कोरोनाको कारणले गत २०७६ चैत ११ गतेदेखि नेपाल सरकारले देशव्यापी बन्दाबन्दी लकडाउन गर्दै आइरहेको र सोको कारणले आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा उद्योगी, व्यवसायी तथा अन्य ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकद्वारा मिति २०७७/०१/१६ गते सूचना जारी गरी ब्याज छुट नपाउने भनी वर्गीकरण गरेका कर्जाका क्षेत्रहरुबाहेक अन्य सबै कर्जाहरुको २०७६ चैत मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत विन्दुले कम गरी २०७६/७७ को चौथो त्रैमासिक (२०७७ को वैशाख, ज्येष्ठ र असार)को ब्याज गणना गर्न निर्देशन भएबमोजिम यस नेपाल बैंक लिमिटेडद्वारा २०७७ वैशाख १ गतेदेखि लागू हुने गरी २०७६ चैतसम्म लगानी गरिएका कर्जाहरुमा चैत मसान्तमा कायम ब्याजदरमा २ प्रतिशतले विन्दुले छुट दिने निर्णय गरेको बैंकले जानकारी दिएको हो ।

    बुधवार, जेठ ७ २०७७११:२७:५८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार