काठमाडौं, सेयर बजारले करिब चार वर्षपछि नयाँ उचाइ लिएकोे छ ।
साताको अन्तिम कारोबार बिहीबार ११ः०८ मिनेट जाँदा नेप्से १९१५.३९ अंकमा पुगेको हो ।
नेपालमा दोस्रो बजारमा कारोबार सुरु भएयताकै सबैभन्दा बढी विन्दु हो ।
बिहीबार बिहान कारोबार सुरु हुँदा १८७४.४६ अंकमा रहेको नेप्से ८ मिनेटपछि ५९.०७ अंकले उकालो लागेर १९१५.३९ अंकलाई छोएको थियो ।
पहिले ४ वर्ष ४ महिना अघि नेप्से परिसूचक सबैभन्दा बढी १८८१.४५ बिन्दुमा पुगेको थियो । त्यसपछि परिसूचक ११०२.६४ अंक सम्म झरेको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।