सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको छ । बुधबार सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार एकैदिन तोलामा १८ सय रुपैयाले घटेको सुनको मूल्य बुधबार एक हजार रुपैयाँ घटेको छ ।
मंगलबार सुन तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको मूल्य सोमबार घटबढ भएन । आइतबार र सोमबार सुन तोलाको ९४ हजार ३ सय रुपैयाँ थियो ।
कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप बनिरहेको खबर सार्वजनिक भएपछि मूल्य घटेको महासंघले जनाएको छ । यस्तै बुधबार चाँदी तोलामा ५ रुपैयाँ घटेर तोलाको ११ सय ७५ मा कारोबार भइ रहेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।