फाईल तस्बिर
काठमाडौं । नेपाल धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा २३.३२ विन्दुले वृद्धि भई १७४१.८१ मा पुगेको छ ।
यस्तै, सेन्सेटिभ परिसूचक भने ०.८० अंकले ओरालो लागेर ३३८.०९ मा पुगेको हो । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ९ उपसमूहको शेयर उकालो लाग्दा ३ उपसमूहको शेयर भने ओरालो लागेको छ । ओरालो लाग्नेमा बैंकिङ १.२८ , विकास बैंक उपसमूह २०.६ र जलविद्युत् १८.६१ विन्दुले ओरालो लागेका छन् ।
यस्तै कूल १९४ कम्पनीको एक करोड १६ लाख ७४ हजार ८७५ कित्ता शेयर रु चार अर्ब ७९ करोड १० लाख ४१ हजार ६४९ बराबरको कारोबार भएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।