बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

सहमतिपछि विद्यार्थीको आन्दोलन स्थगित

सहमतिपछि विद्यार्थीको आन्दोलन स्थगित

मेगा खबर संवाददाता

२७, कार्तिक २०७७
  • 2.3K
    SHARES

  • सहमतिपछि विद्यार्थीको आन्दोलन स्थगित

    फाईल तस्बिर

    बनेपा । काठमाडौं विश्वविद्यालय, विद्यार्थी कल्याण निर्देशनालय  र आन्दोलनरत विद्यार्थीबीच सात बुँदे सहमतिपछि विद्यार्थीको रिले आशन स्थगन भएको छ ।

    वार्तामा आगामी मङ्सिसर ७ गतेभित्रमा कार्यदलको बैठक बसी अतिरिक्त शुल्कसम्बन्धी मापदण्ड तयारी गरी विद्यार्थीमाझ प्रस्तुत गर्ने, कार्यदलमा अनशनरत विद्यार्थीमध्येबाट भिन्दाभिन्दै स्कुलबाट चार जना सम्मले प्रतिनिधित्व गर्ने, कार्यदलमार्फत हरेक स्कुलको छुट हुने र नहुने अतिरिक्त शुल्कको विस्तृत विवरण सार्वजनिक गर्ने, कोभिड–१९ सम्बन्धी कोभिड वित्तीय सहायता योजना सम्बन्धी विस्तृत मापदण्ड निर्धारण गर्नेलगायत सहमति भएको छ ।
     
    वार्तामा निलर्देशनालयका निर्देशक प्रा. डा. विमप्रसाद श्रेष्ठ, सह–निर्देशकहरु डा. श्यामसुन्दर खड्का र डा. दीपेन्द्र हमाल तथा विद्यार्थीका तर्फबाट स्कूल अफ इञ्जिनीयरिङका प्रतिनिधि शैलेश मिश्र, स्कुल अफ म्यानेजमेन्टका प्रतिनिधि आएशा शाक्य, स्कुल अफ लका प्रतिनिधि अभिनाश पौडेल र स्कुल अफ साइन्स्का प्रतिनिधि स्मृति सुवेदी र स्कुल अफ आर्टस्का प्रतिनिधि गाथा दाहाल रहेका थिए ।

    बिहिवार, कार्तिक २७ २०७७०७:३६:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार