फाईल तस्बिर
काठमाडौं । साताको पहिलो दिन दोहोरो अंकले सुधारिएको शेयर बजारमा सोमबार भने सामान्य अंकको सुधार आएको छ ।सोमबार नेप्से ४ अंकले उकालो लाग्दा परिसुचक १६ सय ५२ पुगेको हो ।
आजको दिन कारोवार उच्च अंकले भएको छ । योसँगैे हालसम्मको बजार पुजीकरण २२ अर्ब बढीको भएको छ ।
सोमबार ठुला कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने झिनो अंकले ओरालो लागेको छ ।
सोमबार लघुवित्त, उत्पादन, निर्जिवन बिमा, व्यापार र अन्य समुहमा दोहोरो अंकले सुधार आउदा वाणिज्य बैक, विकास बैक, जलविद्युत, र जिवन बिमा समुह भने ओरालो लागेका छन् । कर्पोरेट बैकको शेयर मुल्य उच्च अंकले बृद्धि हुँदा मिथिला लघुवित्त वित्तिय संस्था, सानिमा जेनेरल इन्स्युरेन्स, नेपाल रिइन्स्युरेन्स कम्पनीको शेयरमा लगानीकर्ता सर्वाधिक आर्कषित रहे ।
सोमबार एक सय ९५ कम्पनीको १० लाख बढी कित्ता शेयर तीन अर्ब ६९ कारोड बढीमा कारोवार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।