मंगलवार, कार्तिक १८ २०८३Nov 03 2026

  • TRENDING NOW :

नेप्सेमा सामान्य सुधार, ४ अर्ब ७३ करोडको कारोबार

नेप्सेमा सामान्य सुधार, ४ अर्ब ७३ करोडको कारोबार

मेगा खबर संवाददाता

२७, आश्विन २०८३
  • 421
    SHARES

  • नेप्सेमा सामान्य सुधार, ४ अर्ब ७३ करोडको कारोबार

    काठमाडौं, सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ । नेप्से परिसूचक ४।१२ अङ्कले बढेर २ हजार ५९९।९३ विन्दुमा पुगेको छ।

    आज ३५१ कम्पनीका १ करोड ३५ लाख ५३ हजार ९७ कित्ता सेयर किनबेच हुँदा कुल ४ अर्ब ७३ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ ।

    कारोबारमा आएका कम्पनीमध्ये १०४ वटाको सेयर मूल्य बढेको छ भने १६७ वटाको घटेको छ। त्यस्तै, ७ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

    जीवन बीमा उपसूचकमा सबैभन्दा धेरै वृद्धि

    मंगलबार कारोबार भएका १३ उपसूचकमध्ये ५ वटामा वृद्धि भएको छ भने ८ वटा घटेका छन् । जीवन बीमा उपसूचक सर्वाधिक १।७७ प्रतिशतले बढेको छ ।

    आज सगरमाथा जलविद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै १२.४४ प्रतिशत नाफा कमाएका छन् । यसको विपरीत,स्नो रिभर लिमिटेडका सेयरधनीले सबैभन्दा धेरै १५ प्रतिशत गुमाएका छन् ।

    कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रहेको छ ।

    मंगलवार, आश्विन २७ २०८३०३:३८:४२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार